गोरखा ब्रुअरी (काल्र्सबर्ग समूह) र खाली सिसीबिच सहकार्य गर्ने सम्झौता भएको छ । गोरखा ब्रुअरीले बोतल पुन: प्रयोग प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित नयाँ अभियान ल्याएको छ ।
‘नेभर लिभ ए बोटल बिहाइन्ड’ मूल नारासहित सुरु गरिएको यो अभियानमा खाली सिसीसँग सहकार्य गरेको हो । यो अभियानले कम्पनीलाई जिम्मेवार ‘रिसोर्स म्यानेजमेन्ट’तर्फ उन्मुख गराउने बताइएको छ ।
अभियानअन्तर्गत खाली सिसीले बार र रेस्टुरेन्टसँग प्रत्यक्ष समन्वय गर्दै प्रयोग भइसकेका सिसाको बोतललाई व्यवस्थित रूपमा संकलन, छुट्याउने र पुन: प्रयोगको प्रक्रियामा पठाउनेछ । यसले व्यावसायिक स्थानमै अवशिष्ट व्यवस्थापनको एकीकृत र सहज प्रणाली तयार गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।
यो मोडेलमार्फत व्यावसायिक क्षेत्रको जिम्मेवारी बढ्ने, बोतल व्यवस्थापन सुलभ हुने र पुन: प्रयोग गर्न सकिने गिलास ल्यान्डफिलसम्म नपुग्ने गरी उल्लेखनीय कमी आउने कम्पनीले जनाएको छ ।