सुदूरपश्चिमका मुख्यमन्त्री शाह उपचारका लागि दिल्ली प्रस्थान

शुक्रबार, २७ मंसिर, २०८२
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह उपचारका लागि भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन्। आर्थिक मामिलामन्त्री बहादुरसिंह थापालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएर मुख्यमन्त्री शाह आज बिहान दिल्ली प्रस्थान गरेका हुन् ।

मुख्यमन्त्री शाहको दायाँ खुट्टाको रिढको हड्डी र नसासम्बन्धी समस्या देखिएको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उनले यसअघि सेती प्रादेशिक अस्पताल धनगढी तथा काडमाडौंको वीर अस्पताल र मेडिसिटी अस्पतालमा जाँच गराएका थिए । तर, स्वास्थ्यमा सुधार भएन।

चेकजाँचमा संलग्न चिकित्सकको सल्लाहअनुसार मुख्यमन्त्री शाहले दिल्लीस्थित म्याक्स अस्पतालमा उपचार गराउने उनका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्बर बमले जानकारी दिए । सल्लाहकार बमका अनुसार परिवारका सदस्यका साथ गएका मुख्यमन्त्री शाह करिब एक साता दिल्ली बस्नेछन् । उपचारमा लाग्ने खर्च मुख्यमन्त्री आफैँले व्यहोर्ने सचिवालयले बताएको छ ।
 

सुझावित समाचार