जलेश्वर नगरपालिकामा दैनिक ज्यालादारीमा कार्यरत सरसफाईकर्मीहरुले तलव बाकि रहेको भन्दै आन्दोलन सुरु गरेका छन् । उनीहरुले पछिल्लो पाँच महिना र गत आर्थिक वर्षको दुई महिना गरि कुल ७ महिनाको तलब नगरपालिकाले नदिएको भन्दै असहयोगसहितको आन्दोलन थालेका छन्। नगरभित्रका सडकहरुमा सरसफाइकर्मीले फोहोर फैलाएर असहयोग सुरु गरेका हुन् ।
यता नगरप्रमुख सुरेश साह सोनारले केहि मागसहित उनीहरुले असहयोग गरेकोमा सोहिबारे निष्कर्ष निस्किसकेको र तत्काल स्थायी कर्मचारीहरुले फोहोर उठाइरहेको बताए । उनले तलबबारे समस्या रहेकोमा तलब भुक्तानीको समस्या समाधान भइसकेको र पालिकाले नियमसंगत उनीहरुको माग सम्बोधन गर्ने बताए ।