दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको इलिमिनेटरमा काठमाडौं गोर्खाजले खराब सुरुवात गरेको छ। लुम्बिनी लायन्सविरूद्ध पावर प्लेको समाप्तीमा काठमाडौंले चार विकेट गुमाएर मात्र २९ रन जोडेको छ।
त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ रोजेको काठमाडौंका ओपनर आकाश त्रिपाठी मात्र एक रन जोडेर आउट भए। तेस्रो नम्बर क्रिजमा आएका सन्नी पटेल पनि सात रन मात्रै जोडेर तेस्रो ओभरको पहिलो बलमा आउट भए।
काठमाडौंले ३.५ ओभरमा चौथो नम्बर क्रिजमा आएका मिलिन्द कुमारलाई गुमायो। उनी दुई रन मात्र जोडेर पेभेलियन फर्किए। लगत्तै ४.१ ओभरमा अर्का ओपनर बेन चार्ल्सवर्थ आउट भए। उनले पनि चार रन मात्र जोड्न सके।
लुम्बिनीको लागि शेर मल्ल र रुबेन ट्रम्पेलमनले समान दुई विकेट हात पारे।