समानुपातिक निर्वाचनमा भाग लिन पहिलो दिन ३३ दलको निवेदन, मंगलबारसम्म समय

आइतबार, २१ मंसिर, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभाको २१ फागुनमा हुने निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन पहिलो दिन ३३ पार्टीले दल दर्ताको निवेदन दिएका छन् । 

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने दलहरूलाई २१–२३ मंसिरसम्म निवेदन दिन आह्वान गरेको छ । पहिलो दिन ३३ दलले निवेदन दिएको आयोगकी सहायक प्रवक्ता सीता पुनले बताइन् । 

उनका अनुसार देश विकास पार्टी, देशभक्त पार्टी, राष्ट्रिय कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस, (राष्ट्रिय मुक्ति पार्टी नेपाल/ जनता समाजवादी पार्टी/ नागरिक उन्मुक्ति पार्टी नेपाल), हाम्रो पार्टी नेपाल, मंगोल नेसनल अर्गनाइजेसन, नेसनल रिपब्लिक नेपाल, नेपाल समावेशी पार्टी, नेपालका लागि नेपाली, जनमत पार्टी, श्रम संस्कृति पार्टी, समाजवादी पार्टी नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, समाजवादी समावेशी पार्टी, नेपाल मजदुर किसान पार्टी (नेपाल संघीय समाजवादी पार्टी/बहुजन एकता पार्टी नेपाल/नेपाल जनजागृति पार्टी), जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, गान्धीवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, सार्वभौम नागरिक पार्टी, जनअधिकार पार्टी, नागरिक सेवा पार्टी, जनता लोकतान्त्रिक पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी), (नागरिक सेवा पार्टी/सचेत नेपाली पार्टी), राष्ट्रिय जनमोर्चा, नागरिक शक्ति नेपाल, नेपाली जनता दल, संयुक्त नागरिक पार्टी, उन्नत लोकतन्त्र पार्टी र नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)ले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन आयोगस्थित समानुपातिक मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन बुझाएका हुन् । 

प्राप्त निवेदन हेरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलहरूको अन्तिम सूची प्रकाशन गर्नेछ भने चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम छ । 

दलहरूले बन्दसूची बुझाउने समय १३ र १४ पुसलाई तोकिएको छ ।

सुझावित समाचार