कावासोतीमा बाघको आक्रमणमा परी एकजना घाइते

आइतबार, २२ मंसिर, २०८२
डिजिटल संस्करण

नवलपुरमा बाघको आक्रमणमा परी एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती नगरपालिका– १५ सेरगन्जनिवासी ३७ वर्षीय मुकुन्द अधिकारी बाघको आक्रमणमा परी घाइते भएका हुन् । 

अधिकारी घरदेखि तीन किलोमिटर पूर्वमा रहेको गुन्द्रेही ढकाहा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाँदा आज दिउँसो बाघले आक्रमण गरेको हो । उनको हातको कुहिनामा चोट लागेको छ । घाइते अधिकारीको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ ।

सुझावित समाचार