सामसङले नेपालमा नयाँ ग्यालेक्सी ट्याब ए–११ प्लस सार्वजनिक गरेको छ । विद्यार्थी, परिवार र दैनिक प्रयोगकर्ताका लागि डिजाइन गरिएको यो ट्याब्लेटमा स्मार्ट एआई क्षमता, शक्तिशाली प्रदर्शन र प्रिमियम मेटल फिनिसको आकर्षक संयोजन रहेको बताइएको छ । कम्पनीका अनुसार अपग्रेड गरिएको डिस्प्ले, क्वाड स्पिकर, मजबुत मल्टिटास्किङ र दीर्घकालीन सफ्टवेयर अपडेटले ट्याब–११ प्लसलाई एक सुलभ मूल्यमा उन्नत अनुभव प्रदान गर्न सक्षम बनाउनेछ । साथै, स्ट्रिमिङ, मल्टिटास्किङ र लर्निङ एप्सका लागि द्रुत र प्रतिक्रियाशील प्रदर्शन दिन सहयोग गर्ने बताइएको छ ।
साथै, यस ट्याबमा गुगल जेमिनी, सर्कल टु सर्च विद गुगल, रियल टाइम टेक्सट अनुवादलगायतका एआई सुविधा पनि छन् । यी फिचरले विद्यार्थी, क्रिएटर र परिवारका लागि सिकाइ, सिर्जना र दैनिक काममा सहयोग गर्ने कम्पनीको दाबी छ । यसै सन्दर्भमा कम्पनीका निर्देशक प्रणरत्न स्थापितले भने, ‘ग्ल्यालेक्सी ट्याब–११ मार्फत हामी नेपालमा प्रिमियम उत्पादन र एआईमा आधारित शिक्षालाई अझ धेरै प्रयोगकर्तासम्म पुर्याउन चाहन्छौँ ।’
यो ट्याब दुई भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । फाइभ–जी भेरियन्टमा ८/२५६ जिबीको मूल्य ४७ हजार नौ सय ९९ र वाइफाई भेरियन्ट ६/१२८ जिबीको मूल्य ३४ हजार नौ सय ९९ तोकिएको छ । दुवै भेरियन्टले शक्तिशाली एआई क्षमता, स्मुथ प्रदर्शन र दीर्घकालीन सफ्टवेयर प्रदान गर्दै उत्कृष्ट अनुभव दिने कम्पनीले दाबी गरेको छ । ग्राहकले देशभरमा सामसङका स्टोर रिटेल पार्टनरबाट खरिद गर्न सक्नेछन् ।