आरसिटी अन्नपूर्णको प्रशिक्षण कार्यक्रम सम्पन्न

आइतबार, २२ मंसिर, २०८२
डिजिटल संस्करण

उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसिटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ बाट सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए ।

लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम मुख्य प्रशिक्षक मृगेन्द्र मिश्रको नेतृत्वमा सञ्चालन भएको थियो । त्यसमा अर्जुन लामा, सुरेश शाही र राजीव शाहीले पनि फ्रशिक्षण दिएका थिए । कार्यक्रम सञ्चालनका लागि वडा नम्बर २७ को सहयोगमा गरेको थियो ।

कार्यक्रमका संयोजक अशोक मानन्धरका अनुसार यसप्रकारको प्रशिक्षण कार्यक्रमले नेपाली फुटबलका लागि उमेर समूहमा आवश्यक खेलाडी उत्पादन गर्न मद्दत मिल्नेछ । गत वर्षदेखि सञ्चालन भएको यसप्रकारको कार्यक्रम नियमित हुने पनि उनले बताए ।

सुझावित समाचार