लुम्बिनी प्रदेश सभामा एमालेबाट गुरुङ बनिन् सांसद

मंगलबार, १७ मंसिर, २०८२
डिजिटल संस्करण

लुम्बिनी प्रदेश सभामा रिक्त रहेको प्रदेश सभा सदस्य (सांसद) पदमा रेवती गुरुङ चयन भएकी छिन्। प्रदेश सभा सदस्य पदमा समानुपातिक निर्वाचनतर्फबाट उनी निर्वाचित भएकी हुन्।

निर्वाचित  गुरुङलाई सभामुख तुलाराम घर्तीमगरले  पद तथा गोपनीयताको शपथ गराएका छन्। नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने  सरिता पुनको निधन भएपछि रिक्त रहेको पदमा निर्वाचित गुरुङ रुपन्देही  देवदह नगरपालिका– ५ निवासी हुन् ।

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम २०७९ मंसिर ४ गते समानुपातिक निर्वाचन प्रणालीअनुसार सम्पन्न भएको निर्वाचन एवं निर्वाचन आयोगको यही मंसिर ११ गतेको निर्णयअनुसार उनी प्रदेश सभा सदस्य पदमा निर्वाचित भएकी हुन्। उनको शपथग्रहणसँगै प्रदेश सभाले पूर्णता पाएको छ। लुम्बिनी प्रदेश सभामा ८७ जना सदस्य रहेका छन्। 

सुझावित समाचार