एसिसी यू–१९ प्रिमियर कपको उपाधि भिडन्तमा नेपाल युएईसँग पराजित

सोमबार, १५ मंसिर, २०८२
डिजिटल संस्करण

एसिसी यू–१९ प्रिमियर कपको उपाधि भिडन्तमा नेपाल युएईसँग २७ रनले पराजित भएको छ। मलेसियामा १४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३.२ ओभरम मात्र १२० रन बनाएर अलआउट भयो।

नेपालका लागि अशोक धामी सर्वाधिक ३४ रन बनाएर आउट भए। रोशन विश्वकर्मा र आशिष लुहारले समान २५ रनको योगदान गर्दा वंश क्षेत्रीले ११ रन जोडे।

पहिले ब्याटिङ गरेको युएईका लागि अहमद खुदाददले ७१ र नुरुउल्ला आयोबीले २६ रन बनाएका थिए।

नेपालका लागि दयानन्द मण्डलले सर्वाधिक ६ विकेट लिँदा अपराजित पौडेलले दुई तथा अशोक धामी र नितेज पटेलले एक–एक विकेट लिए। कप्तान अशोक धामीले १० ओभरमा नौ रन मात्र दिएका थिए। 

सुझावित समाचार