नेपाली कांग्रेसले पुस २६ गते देखि २८ गतेसम्म काठमाडौंमा १५ औं महाधिवेशन गर्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले यससम्बन्धि निर्णय गरेको हो।
बैठकले मंसिर २० गतेभिक्र त्रियाशिल सदस्यतासम्बन्धि विवाद टुंग्याउने निर्णय गरेको नेता प्रकाशशरण् महतले जानकारी दिए। बैठकले वर्तमान कार्यसमितिको म्याद माघ मसान्तसम्म थप्ने पनि निर्णय गरेको छ।
विवादपछि केन्द्रीय समिति बैठक बारम्बार सर्दै आएकोमा सोमबारको बैठकले सर्वसम्मत निर्णय भएको हो। नियमित महाधिवेशन गर्ने भएपछि बिशेष महाधिवेशनको प्रस्तावमा निर्णय आवश्यक नभएको नेता महतले बताए।