एनसेलको ‘एनपिएल प्ले प्याक’ सञ्चालनमा

सोमबार, १५ मंसिर, २०८२
डिजिटल संस्करण

 एनसेलले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको डिजिटल स्ट्रिमिङ पार्टनर डिसहोमसँगको सहकार्यमा ग्राहकका लागि एनपिएल प्ले प्याक सञ्चालनमा ल्याएको छ । यो प्याकका साथ ग्राहकले डिसहोम गो एपमार्फत हाल भइरहेका खेलको मज्जा आफ्नै मोबाइलमा लिन सक्नेछन् । 

ग्राहकले एनपिएलका खेल सहजै हेरून् भन्ने उद्देश्यका साथ प्ले प्याक सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ । ग्राहकले बन्डल भएर आउने थप डेटा र सुविधाका आधारमा करसहित दुई सय ९९ रुपैयाँ पर्ने यो प्याक लिन सक्नेछन् । प्याकमा खेलको लाइभ मज्जा लिन डिसहोम गो एपमा सहज पहुँच सुनिश्चित गरिएको छ । २८ दिनका लागि मान्य रहने एक जिबी डेटा बन्डल सेवाका रूपमा पाउनेछन् ।

प्याक लिएपछि आफ्नो मोबाइल नम्बरमा प्राप्त एसएमएपसमार्फत डिसहोम गो एप लगइन गरी एनपिएलका खेल हेर्न सकिने बताइएको छ । एनसेलले एनपिएलसँग पहिलो संस्करणमा जस्तै दोस्रो संस्करणमा पनि ‘पावर्ड वाई’का रूपमा सहकार्य जारी राखेको छ ।

See More On

सुझावित समाचार