रुकुम पश्चिमबाहेक कर्णालीका नौ जिल्लाबाट सर्वसम्मत एमाले महाधिवेशन प्रतिनिधि छनोट

आइतबार, १४ मंसिर, २०८२
डिजिटल संस्करण

एमालेको ११औँ महाधिवेशनका लागि कर्णाली प्रदेशबाट ११३ प्रतिनिधि छनोट भएका छन्। कर्णालीका १० जिल्लामध्ये दैलेख र सुर्खेतमा दुई–दुई निर्वाचन क्षेत्र छन् भने अन्य जिल्लामा एक–एक निर्वाचन क्षेत्र रहेका छन्।

कर्णालीका १० वटै जिल्लाका १२ वटा निर्वाचन क्षेत्रबाट महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको टुंगो लागेको प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाहले बताए। यद्यपि, सबै जिल्लाको नाम सार्वजनिक भने गरिएको छैन।

रुकुम पश्चिमबाहेक अन्य ९ जिल्लामा सर्वसम्मत महाधिवेशन प्रतिनिधि छनोट भएका छन्। कर्णालीमा ४७ हजार संगठित सदस्य रहेको एमालेले जनाएको छ। कर्णालीबाट महाधिवेशनमा सहभागी हुने जिल्लागत प्रतिनिधिहरूमा हुम्लाबाट पाँच, दैलेखबाट २२, कालिकोटबाट आठ, सुर्खेतबाट २०, मुगुबाट पाँच, जाजरकोटबाट १० जना छन्। यस्तै, जुम्लाबाट ६, डोल्पाबाट आठ, रुकुम पश्चिमबाट पाँच, सल्यानबाट आठजना महाधिवेशन प्रतिनिधि छनोट भएको शाहले बताए।

कर्णाली प्रदेशबाट मजदुर संगठनबाट सात, कर्णाली सम्पर्क मञ्चबाट चार र प्रदेश पार्टी कमिटीलाई पाँच प्रतिनिधि दिइएको छ।

सुझावित समाचार