अभियन्ता रुक्सना कपाली प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश

शुक्रबार, १३ मंसिर, २०८२
डिजिटल संस्करण

अभियन्ता रुक्सना कपाली प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा प्रवेश गरेकी छिन्। उनी नेपाल भाषा र क्वेयर (विविध यौनिक तथा लैंगिक पहिचान) युवा अभियन्ता हुन्।

उनले जनचेतनामूलक सामग्री निर्माण, प्राज्ञिक लेखन तथा सामाजिक अभियानमार्फत सक्रियता जनाउँदै आएकी छिन्। रुक्सना बिबिसीको प्रभावशाली सय महिलाको सूचीमा थिइन्। नेपालमा ट्रान्सजेन्डर समुदायका मानव अधिकारका लागि गरेको उल्लेखनीय योगदानका कारण उनी सूचीमा परेकी थिइन्।

युवावस्थामै आफ्नो लैंगिक पहिचानबारे खुला रूपमा अघि आएपछि सामाजिक सञ्जाल तथा विभिन्न माध्यममार्फत समुदायको हितका लागि निरन्तर काम गरिरहेकी छिन्।

सुझावित समाचार