काठमाडौंबाट पेस्तोलसहित टेलर सञ्चालक पक्राउ

शुक्रबार, १२ मंसिर, २०८२
डिजिटल संस्करण

काठमाडौंको नागार्जुन नगरपालिकाबाट पेस्तोलसहित एक टेलर सञ्चालक पक्राउ परेका छन्।

बिहीबार बेलुकी नागार्जुन– ६ रामकोट सिभिल होमनजिकै टेलर सञ्चालन गरी बस्ने तनहुँको भानु नगरपालिका– ९ का ४१ वर्षीय मनोजकुमार सुन्दासलाई प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सुन्दासको कोठा खानतलासी गर्दा एक थान पेस्तोल, एक थान म्याग्जिन र आठ राउन्ड गोलीसमेत बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीले सुन्दासलाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाएको छ।

सुझावित समाचार