नेपाल प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। शुक्रबार रास्वपाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनी प्रवेश गरेका हुन्।
कार्यक्रममा उनले रास्वपाका सभापति रवि लामिछाने अदम्य साहस भएको व्यक्ति भएको र अब रास्वपाले मात्र देशमा सुशासन ल्याउन सक्ने बताए।
आइजिपी नियुक्तिमा अन्याय भएको भन्दै पोखरेल प्रहरीको एआइजी पदबाट तीन वर्षअघि राजीनामा दिएका अधिकृत हुन्। उनलाई पार्टीमा केन्द्रीय अनुसन्धान आयोगमा बरिष्ठ सल्लाहकारको जिम्मेवारी दिइएको रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए।