पोखरामा विश्वस्तरको सूचना प्रविधि शिक्षाको नयाँ युग सुरु भएको औपचारिक घोषणा गरिएको छ । इनोभेट नेपाल ग्रुप (आइएनजी)ले एक कार्यक्रम गरी फिस्टेल कलेजमार्फत यस्तो दाबी गरेको हो ।
कार्यक्रममा आइएनजीका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले नेपालमा सूचना प्रविधि क्षेत्रका लागि आफ्नो समूहले पुर्याउँदै आएको दीर्घकालीन योगदानबारे जानकारी गराएका थिए । नेपालभरि प्रतिभा विकास, शिक्षा–उद्योग सहकार्य, स्टार्टअप तथा टेक उद्यमशीलता विस्तारका साथै विश्वस्तरीय परियोजनामार्फत युवालाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम बनाउँदै आएको उनले बताए ।
आइएनजीले एक वर्षभित्र पोखरामै कम्तीमा एक प्रविधि कम्पनी स्थापना गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । यसले विद्यार्थीलाई अध्ययनसँगै रोजगारी, उद्योग एक्सपोजर र वास्तविक परियोजनामा काम गर्ने अवसर उपलब्ध गराउनेछ । यो पहलले पोखरालाई आइटी शिक्षादेखि उद्योग विकाससम्मका सबै अगाडि बढाउने विश्वास गरिएको छ ।