कांग्रेस केन्द्रीय कार्यसमिति बैठक लगातार दोस्रोपटक सरेको छ। बिहीबारका लागि डाकिएको बैठक एक दिन सारेर शुक्रबार बस्ने सूचना जारी भएको थियो। तर, बिहीबार राति कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले अब आइतबार बैठक बस्ने जानकारी गराएका छन्।
शुक्रबार दिउँसो २ बजे बस्ने भनिएको बैठक अब आइतबार दिउँसो २ बजे बस्ने गरी बोलाएको सचिव पौडेलद्वारा जारी सूचनामा उल्लेख छ। यसअघि पनि कांग्रेस केन्द्रीय समिति बैठक लगातार तीनपटक सूचना निकालेर सारिएको थियो।