विराटनगरले दुई बलको अन्तरमा दुई विकेट गुमायो

बुधबार, ११ मंसिर, २०८२
डिजिटल संस्करण
विराटनगरले दुई बलको अन्तरमा दुई विकेट गुमायो

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

तीन खेलमा लगातार उत्कृष्ट प्रदर्शन गरेको विराटनगर किंग्सले बुधबार दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा चितवन राइनोजविरुद्ध कमजोर खेल देखाएको छ।

१७५ रनको लक्ष्य पछ्याइरहेको विराटनरले पाँच ओभरको समाप्तिसम्म चार विकेट गुमाएर ३४ रन बनाएको छ। विराटनगरले इनिङ्सको ४.३ ओभरमा साम हेज्लेट तथा इनिङ्सको ४.५ ओभरमा बसिर अहमादको विकेट गुमाएको हो। 

सामले आक्रामक रूपमा ब्याटिङ गरी ११ बलमा तीन छक्काको सहयोगमा २२ रनको योगदान दिएका थिए। बसिरले सामना गरेको दोस्रो बलमै चितवनका कप्तान कुशल मल्लबाट सहज क्याचआउट भए।

विराटनगरलाई जितका लागि ८७ बलमा १३८ रन आवश्यक छ।

सुझावित समाचार