विराटनगरले दुवै ओपनर गुमायो

बुधबार, १० मंसिर, २०८२
डिजिटल संस्करण
विराटनगरले दुवै ओपनर गुमायो

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गत बुधबार विराटनगर किंग्सले चितवन राइनोजविरुद्ध दुवै ओपनर गुमाएको छ । १७५ रनको लक्ष्य पछ्याइरहेको विराटनगरले २.३ ओभरभित्र दुई विकेट गुमाएको हो । 

विराटनगरले १.४ ओभरमा ओपनर लोकेश बमलाई क्याचआउटका रूपमा गुमायाे । कमल ऐरीको ओभरमा लोकेश सात रनमा आउट भएका हुन् । त्यसपछि २.३ ओभरमा जर्ज मुन्सीको विकेट सोहल तन्भिरले लिए । दीपक बोहरालाई सहज क्याच दिनुअघि मुन्सीले चार रनको योगदान दिए । 

विराटनगरले पावर प्लेभित्रै दुई विकेट गुमाएर कमजोर सुरुवात गरेको हो । तीन ओभरको समाप्तिसम्म विराटनगर १३/२ को अवस्थामा छ । 

बलिङमा तन्भिरले दुई ओभरमा सात रन खर्चेर एक विकेट लिएका छन् । कमल ऐरीले एक ओभरमा ६ रन दिँदै एक विकेट हात पारेका हुन् । यसअघि चितवन राइनोजले २० ओभरमा पाँच विकेट गुमाएर १७४ रनको योगफल खडा गरेको थियो ।

सुझावित समाचार