दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गत बुधबारको खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ। त्रिवि क्रिकेट रंगशालामा टस जितेर विराटनगर किंग्सले बलिङ रोजेको हो।
उत्कृष्ट फर्ममा रहेको विराटनगर चितवनलाई निराश बनाउँदै अंकतालिकाको शीर्ष स्थानमा पुग्न चाहन्छ। अर्कोतिर पहिलो खेलमा कर्णाली याक्समाथि सनसनी जित निकालेको चितवन फेरि एकपटक जित निकाल्ने दाउमा छ।