नेपाल टी–२० विश्वकप २०२६ को समूह ‘सी’मा परेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)का अनुसार समूह ‘सी’मा नेपालसहित इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन्।
इंग्ल्यान्ड र वेस्ट इन्डिजले दुई–दुईपटक विश्वकप जितिसकेका छन्। नेपालले तेस्रोपटक टी–२० विश्वकप खेल्न लागेको हो। गत वर्ष भएको विश्वकपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो।