एसपीको घरमा लुटपाट गर्नेविरुद्ध मुद्दा दायर

आइतबार, ७ मंसिर, २०८२
डिजिटल संस्करण

जेन-जी आन्दोलनको क्रममा नेपाल प्रहरीका एसपीको घरमा लुटपाट, तोडफोड र आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर भएको छ। दोलखाको तामाकोशी गाउँपालिका- ३ स्थायी घर भएका ३३ वर्षीय राजेन्द्र महतविरुद्ध आइतबार आपराधिक उपद्रव मुद्दा दायर भएको हो। उनीविरुद्ध नेपाल प्रहरीका एसपी गोविन्दराज काफ्ले तथा कमलेन्द्रलाल कर्णले जाहेरी दिएका थिए। 

२४ भदौको आन्दोलनको क्रममा कागेश्वरी मनोहरा- ९ स्थित एसपी काफ्लेको घर तथा कागेश्वरी मनहरा- ८ स्थित कर्णको घरमा उनले लुटपाट गरेको प्रहरी अभियोग छ। बयानको क्रममा अभियुक्त महतले आफूले आगजनी गरेको स्वीकार गरेका छन्। एसपी काफ्लेले आगजनीबाट ४५ लाखबराबरको क्षति भएको भनेर काठमाडौं परिसरमा जाहेरी दिएका छन्। 
 

सुझावित समाचार