ताप्लेजुङका किसान सुन्तला खेतीमा आकर्षित

शनिबार, ६ मंसिर, २०८२
डिजिटल संस्करण

ताप्लेजुङका किसान पछिल्लो समय सुन्तला खेतीमा आर्कषित भएका छन् । परम्परागत खेतीले भन्दा सुन्तला खेतीबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरू यसतर्फ आकर्षित भएका हुन् । 

कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख विजय श्रेष्ठले यस वर्ष सुन्तलाको फलन उत्साहजनक रहेको जानकारी दिए । जिल्लामा ५५६ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट गत आव ०८१/०८२ मा तीन हजार ५४३.७ मेट्रिक टन सुन्तला उत्पादन भएको प्रमुख श्रेष्ठले जानकारी दिए । यसवर्ष सुन्तला पाक्न सुरु भइसकेको र मूल्य पनि राम्रो पाउन थालेका छन् ।

सुन्तलाको बजार मूल्य पनि स्थिर रहेको किसानहरूको भनाइ छ । सुरुमै प्रतिकिलो १०० देखि १५० रुपैयाँसम्ममा सुन्तला बिक्री भइरहेको छ । जिल्ला बाहिरका व्यापारीहरूले पनि बगैँचाबाटै प्रतिकिलोग्राम ९०–१०० रुपैयाँमा बगानबाटै लिन थालेको सुन्तला किसान नकुल बरालले बताए । उनेले भने, ‘अहिले मोरङ, झापा, सुनसरीबाट व्यापारीहरू बगैँचा नै ठक्कामा लिन गाउँ आएका छन् ।’ 
 

सुझावित समाचार