नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले ११औँ राष्ट्रिय महाधिवेशन पार्टीको नेतृत्व चयनमा मात्र केन्द्रित हुने बताएका छन् ।
नेपाल निर्माण उद्योग परिषद्को प्रथम राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै उनले ललितपुरको गोदावारीमा गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पार्टीको नीति र विधि निर्माण गरिसकेकाले आगामी महाधिवेशन नेतृत्व निर्माणमा मात्र केन्द्रित हुने बताएका हुन्।
‘हामीले भर्खरै गोदावरीमा सम्पन्न पार्टीको दोस्रो विधान महाधिवेशनमा छलफल गरेर पार्टीको नीति बनाइसकेका छौँ । त्यो नीतिमा कसैले पनि असहमति जनाएका छैनन्’, उनले भने, ‘ललितपुरमा भएको केन्द्रीय कमिटी बैठकमा पनि जेन–जेड आन्दोलनबारे पार्टीले दृष्टिकोण बनाएको छ । त्यसैले अब ती नीति, विधि र दृष्टिकोणमा छलफल आवश्यक छैन, नेतृत्वको चयन हुन्छ ।’