पोखराले टस जित्यो, सुदूरपश्चिम ब्याटिङ गर्दै

शुक्रबार, ६ मंसिर, २०८२
डिजिटल संस्करण
पोखराले टस जित्यो, सुदूरपश्चिम ब्याटिङ गर्दै

तस्बिर : एनपिएल

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को छैटौँ खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेका हुन्। प्रतियोगितामा पोखरा र सुदूरपश्चिमको दोस्रो खेल हो।

पोखराले यसअघि सम्पन्न पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनको हार व्यहोरेको थियो। सुदूरपश्चिमले पहिलो खेलमा काठमाडाैं गोर्खाजलाई २९ रनले पराजित गरेको थियो।

सुझावित समाचार