आजको खेल
लुम्बिनी लायन्स vs चितवन राइनोज (समय दिउँसो ४:०० बजे)
फ्रेन्चाइज टोली चितवन राइनोजले आफ्ना समर्थकलाई काठमाडौं लैजाने र ल्याउने बसको व्यवस्था गरेको छ । एनपिएलको फ्रेन्चाइज टोली चितवनले आफ्नो खेल हुने दिनमा चितवनका समर्थकलाई चितवनदेखि काठमाडौंसम्म नि:शुल्क बस सेवाको व्यवस्था गरेको जनाएको छ ।
चितवनको खेल हुने दिन बिहान खेल हुँदा ५ बजे र दिउँसो खेल हुँदा बिहान ९ बजे चितवनबाट बस छुट्ने चितवनका अध्यक्ष आयुष न्यौपानेले जानकारी दिएका छन् ।
खेल समाप्त भएपछि समर्थकलाई पुन: चितवन पुर्याइनेछ । यसका लागि ६ वटा बसको व्यवस्था गरिएको छ । खेलको अनलाइन टिकट हुने दर्शकलाई बसमा लैजाने व्यवस्था गरिएको हो । खेलको पूर्वसन्ध्यामा चितवन र आसपासका जिल्लामा चितवनको समर्थनमा ठाउँठाउँमा झन्डा, तुल, ब्यानर, स्टिकर टाँसिएका छन् ।