मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध पदअनुकूल आचरण नगरेको भन्ने विपक्षी सात दलले गरेको प्रस्ताव दुईतिहाइ बहुमतले पारित भएको छ।
उपसभामुख बबिता राउत इसरको अध्यक्षतामा बसेको प्रदेश सभाको बैठकमा मण्डलविरुद्धको प्रस्तावको पक्षमा ७६ जनाले मत दिँदा विपक्षमा कुनै मत परेन। १०७ सदस्य रहेको प्रदेश सभाको दुईतिहाइ ७२ हुन्छ।
नेपाली कांग्रेस, जसपा नेपाल, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका सांसदहरूले सभामुख मण्डलविरुद्धको प्रस्तावमा मतदान गरेका थिए। नेकपा एमाले र नेपाल संघीय समाजवादी पार्टीका सांसद भने प्रदेश सभा बैठकमा उपस्थित भएनन्।