दोस्रो संस्करणको नेपाल प्रिमियर लिगअन्तर्गत जारी खेलमा हर्मित सिंहको आक्रामक ब्याटिङमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई १४८ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा अलआउट हुँदा १४७ रनको योगफल बनाएको हो।
२० बल सामना गरेका हर्मित सिंहले सर्वाधिक ५३ रन जोडे। दुई चौका र ६ छक्का मद्दतमा उनले अर्धशतक बनाएका हुन्। यसैगरी, कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ तथा आरिफ शेखले २५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
काठमाडौंका कप्तान करण केसी एक्लैले चार विकेट लिँदा मिलिन्द कुमार, सन्नी पटेल र रासिद खानले समान २–२ विकेट लिए।