अनेरास्ववियुका अध्यक्ष पाँच महिनामै पदमुक्त

सोमबार, १ मंसिर, २०८२
डिजिटल संस्करण

नेकपा एमालेको विद्यार्थी संगठन (अनेरास्ववियु)को नेतृत्व पाँच महिनामै फेरिएको छ । अध्यक्ष सुजन कडरियालाई पदमुक्त गरी महासचिव रहेका दीपक धामीलाई अध्यक्षको जिम्मेवारी दिइएको छ । 

जेन–जी आन्दोलनको समयमा विद्यार्थीमाथि गोली हानेको घटनाको विरोधमा उनले अध्यक्षबाट राजीनामा दिने घोषणा गरेका थिए। पछि माफी माग्दै पदमा फर्किने प्रयास गरिएकोमा उनलाई पदमुक्त गरिएको हो । 

सोमबार बसेको पदाधिकारी बैठकले उनलाई हटाएर महासचिव रहेका दीपक धामीलाई अध्यक्ष र उपाध्यक्ष अञ्जना सिवाकोटीलाई महासचिव बनाउने निर्णय गरेको हो । 
कडरियाले भने आफूले दिएको राजीनामा स्वीकृत भएको बताएका छन् । 

उनले फेसबुकमा लेखेका छन्, ‘भदौ २३ गतेको आन्दोलनमा प्रहरीको गोलीले विद्यार्थीको रगत बगेको क्षणसँगै मेरो अनेरास्ववियु यात्रा अन्त्य भएको सत्यलाई आजको गरिमामय बैठकले आधिकारिक मान्यता दिएकोमा म सम्मान व्यक्त गर्दछु। यससँगै, विद्यार्थीको हक–हित र अधिकारका पक्षमा बुलन्द स्वर उठाइरहने संगठन अनेरास्ववियु नै हो भन्ने तथ्य फेरि एकपटक प्रमाणित भएको छ।’

गत जेठ अन्तिममा भएको महाधिवेशनमा प्रतिस्पर्धीलाई सात मतले हराएर कडरिया निर्वाचित भएका थिए। 
 

सुझावित समाचार