जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य

सोमबार, २ मंसिर, २०८२
डिजिटल संस्करण
जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ। निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा जनकपुरले १३० रनको योगफल बनाएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरका लागि ओपनर आशिफ शेखले लिगको पहिलो अर्धशतक बनाए। शेखले ४१ बलमा ५४ रन जोड्दा मयन यादवले नटआउट ३४ रन र लाहिरु समरकोनले २२ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

अर्का ओपनर लाहिरु मिलन्थाले १२ बलमा ७ रन जोड्दा दुई बल सामना गरेका क्याप्टेन अनिल साह कुनै रन नजोडी पेभेलियन फर्किए।

काठमाडौंका लागि मिलिन्द कुमारले सर्वाधिक तीन विकेट लिँदा करण केसी, साहब आलम र सन्तोष यादवले समान एक–एक विकेट लिए।

सुझावित समाचार