एनपिएल उद्घाटन खेलमा काठमाडौंले टस जितेर फिल्डिङ गर्दै

सोमबार, २ मंसिर, २०८२
डिजिटल संस्करण

दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटनमा खेलमा काठमाडौं गोर्खाजले टस जितेको छ । 

सोमबार त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् । 

अनिल शाह कप्तान रहेको साबिक विजेता जनकपुर बोल्ट्सले सुरुमा ब्याटिङ गर्ने भएको छ । 

आजबाट सुरु भएको एनपिएल २७ मंसिरसम्म हुनेछ । च्याम्पियन बन्न आठ टिमबिच प्रतिस्पर्धा हुनेछ ।

सुझावित समाचार