ओप्पोले नयाँ स्मार्ट फोन ओप्पो ए–६ प्रोको अग्रिम बुकिङ खुला गरेको छ । यो सुविधाअन्तर्गत ग्राहकले फोन सार्वजनिक हुनुअघि नै आफ्नो डिभाइस सुरक्षित गर्न सक्नेछन् ।
प्रि–बुकिङ ओप्पो अधिकृत खुद्रा पसलमा गएर सोमबार (१ मंसिर)सम्म गर्न सकिनेछ । साथै, यस अवधिमा अग्रिम बुकिङ गर्ने चार सयजना भाग्यशाली ग्राहकले तीन हजार चार सय ९९ रुपैयाँबराबरको ओप्पो इंको बड्स–३ प्रो जित्ने मौका पाउनेछन् । योजनामा सहभागी हुन ग्राहकले नजिकको ओप्पो आधिकारिक विक्रेतामा गएर प्रि–बुकिङ फाराम भर्नुपर्छ ।
कम्पनीका अनुसार ए–६ प्रोले स्टाइलिस डिजाइन र शक्तिशाली प्रदर्शनलाई संयोजन गर्दै युवा र गतिशील प्रयोगकर्ताको आवश्यकता पूरा गर्ने उद्देश्य राखेको छ । यो स्मार्ट फोन मंगलबार औपचारिक रूपमा सार्वजनिक हुँदै छ ।