सिद्धार्थ बैंक र भिसाबिच सम्झौता

शुक्रबार, ११ मंसिर, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ सिद्धार्थ बैंक लिमिटेड र डिजिटल भुक्तानी क्षेत्रमा विश्वव्यापी अग्रणी संस्था भिसाबिच बैंकको भिसा कार्ड पोर्टफोलियो विस्तार तथा डिजिटल भुक्तानी सेवाको सुदृढीकरण गर्न सम्झौता भएको छ ।

उक्त सम्झौताले बैंकलाई कार्ड सेवा तथा भुक्तानी स्वीकार्यताको विस्तारसँगै उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न दीर्घकालीन रणनीतिक सहकार्यको आधार तयार गरेको बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले यस सम्झौताले बैंकको भिसा कार्ड व्यवसायलाई थप सुदृढ बनाउन महत्वपूर्ण आधार तयार गरेको बताए । 

सुझावित समाचार