आज कर दिवसको अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरिँदै

उत्कृष्ट करदाता सम्मानका लागि ३७ ठुला प्रतिष्ठान सिफारिस

सोमबार, १ मंसिर, २०८२
डिजिटल संस्करण

सरकारले राष्ट्रिय कर दिवसको अवसर पारेर सोमबार उत्कृष्ट करदातालाई सम्मान गर्दै छ । आन्तरिक राजस्व विभागले आठभन्दा बढी विधाका उत्कृष्ट करदातालाई सम्मान गर्न ३७ ठुला प्रतिष्ठानको सिफारिस सूची तयार गरेको छ ।  

आर्थिक वर्ष ०८०/८१ मा सर्वाधिक कर दाखिला गरेर उत्कृष्ट करदातामा सम्मानित हुनका लागि सिफारिसमा परेका उद्योग–व्यवसायमा ठुला करदाता कार्यालयअन्तर्गत दर्ता भएका सबैभन्दा बढी आयकर तिर्ने प्रतिष्ठानहरूमा नेपाल दूरसञ्चार प्राधिकरण, सूर्य नेपाल प्रालि, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नबिल बैंक लिमिटेड रहेका छन् । सर्वाधिक आयकर दाखिला गर्ने निर्यातजन्य उद्योगमा डाबर नेपाल प्रालि र आरती स्ट्राइप्स प्रालि रहेका छन् । 

त्यस्तै, सर्वाधिक आयकर तिर्ने बैंक वित्तीय संस्था तथा बिमाअन्तर्गत नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल बैंक, प्रभु बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक र हिमालयन बैंक लिमिटेड सिफारिसमा परेका छन् । सर्वाधिक आयकर तिर्ने शिक्षा तथा स्वास्थ्यअन्तर्गत सम्मानका लागि नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, इस्लिंटन कलेज, ब्रिटिस काउन्सिल सर्भिसेज नेपाल, नेपाल क्यान्सर हस्पिटल र नर्भिक इन्टरनेसनल हस्पिटल सिफारिस भएका छन् । 

सर्वाधिक आयकर तिर्ने पर्यटन व्यवसाय विधाअन्तर्गत सोल्टी होटेल लिमिटेड, तारागाउँ रिजेन्सी होटेल्स लिमिटेड, सोल्टी इन्टरप्राइजेज प्रालि, द्वारिकाज काठमाडौं भिलेज होटेल प्रालि र याक एन्ड यती होटेल लिमिटेड सिफारिसमा परेका छन् । सर्वाधिक आयकर तिर्ने वस्तु व्यापार विधाअन्तर्गत भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर, साइमेक्स इन्क प्रालि, युनाइटेड डिस्ट्रिब्युटर्स नेपाल प्रालि, सिजी इम्पेक्स प्रालि र स्याकार ट्रेडिङ कम्पनी प्रालि सिफारिसमा परेका छन् ।

त्यस्तै ऊर्जामूलक उद्योगअन्तर्गत भोटेकोशी पावर कम्पनी, चिलिमे जलविद्युत् कम्पनी, भोइथ हाइड्रो र जयप्रकाश एसोसिएट्स सूचीकृत भएका छन् । विशेष उद्योगअन्तर्गत युनिलिभर नेपाल, डाबर नेपाल, वरुण विभरेज नेपाल प्रालि, चिलिमे जलविद्युत् कम्पनी र एसियन पेन्टस (नेपाल) रहेका छन् । 

See More On

सुझावित समाचार