कान्तिपुर म्याक्स एचडीबाट पनि एनपिएल प्रसारण हुने

आइतबार, ३० कार्तिक, २०८२
डिजिटल संस्करण

दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) कान्तिपुर म्याक्स एचडीबाट पनि प्रसारण हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले एनपिएल २०२५ को टेलिभिजन प्रसारण अधिकार कान्तिपुर म्याक्स एचडीलाई प्रदान गरेको जनाएको हो। नेपालभित्र अब स्टार स्पोर्टस्सँगै कान्तिपुर म्याक्स एचडीबाट पनि एनपिएलका खेलहरू हेर्न सकिनेछ।

ओटिटी प्लेटफर्ममा भने डिसहोम गोबाट एनपिएल हेर्न सकिन्छ। एनपिएलको दोस्रो सिजन भोलि सोमबारदेखि सुरु हुँदै छ।

सुझावित समाचार