आइतबार सुनको मूल्य तोलामा ६ हजार नाै सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा दुई लाख ४९ हजार सात सय रुपैयाँ कायम रहेको छापावाल सुनको मूल्य आइतबार घटेर तोलामा दुई लाख ४२ हजार आठ सय रुपैयाँ कायम भएको हो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा तीन सय हजार २८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा तीन हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।