एनपिएल खेल्न आइपुगे अमेरिकाका अलराउन्डर रन्जने

शनिबार, ३० कार्तिक, २०८२
डिजिटल संस्करण

विराटनगर किंग्सबाट दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न अमेरिकाका अलराउन्डर शुभम् रन्जने नेपाल आइपुगेका छन् । 

३१ वर्षीय उनलाई शनिबार विराटनगरका प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय स्वागत गरे । उनले ४८ टी खेल खेल्दा तीन अर्धशतकसहित ६ सय ५४ रन बनाउनुका साथै २२ विकेट पनि लिएका छन् ।

उनी विराटनगरमा अनुबन्ध हुने छैटौं खेलाडी हुन् । टोलीले न्युजिल्यान्डका मार्टिन गप्टिल, दक्षिण अफ्रिकाका फाफ डुप्लेसिस र मर्चेन्ट डी लाङ्ग, अस्ट्रेलियाका साम हिजलेट तथा स्कटल्यान्डका जर्ज मुन्सेलाई अनुबन्ध गरेको थियो ।

पुबुदु दासानायकेको प्रशिक्षणमा रहेको विराटनगरले मार्की सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारीलाई रिटेन गरेको छ । यसैगरी टोलीले मिनी अक्सनबाट सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शंकर राना अनुबन्ध गरेको थियो ।  

एनपिएलको दोस्रो सिजन १ देखि २७ मंसिरसम्म हुँदैछ । विराटनगरले २ मंसिरमा कर्णाली यक्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

सुझावित समाचार