नेपाल क्रिकेट संघ क्यानले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा टिकटबाट १२ करोड उठाउने योजना रहेको बताएको छ। शनिबार क्यानले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराएकाे छ। कोषाध्यक्ष पदम खड्काले भने, ‘८ देखि १२ करोड टिकटबाट उठने अनुमान छ,' उनले भने ।
क्यानले उद्घाटन दिनको टिकट मूल्य एक हजार र १५०० तोकेको छ। यस्तै, फाइनल र प्लेअफको लागि एक हजार र दुई हजार हुने जनाएको छ। समान्य दिन भने पाँच सय र एक हजार बताइएको छ । यसैगरी क्यानले दोस्रो संस्करणमा ३५ करोडभन्दा बढी पैसा उठ्ने अनुमान गरेको छ।
खड्काले हालसम्म १५ करोड ३० लाख प्रायोजकबाट, नाै करोड सहभागी टिमहरूबाट, ओटिटीबाट उठेको पैसाबाट पाँच करोड ३० लाख कटाएर बाँकी रहेको पैसाको ७१५ क्यानलाई ८ देखि १२ करोड टिकटबाट उठने अनुमान गरेको जानकारी गराए। सचिव पारस खड्काले प्रतियोगिता सफल बनाउन सबै पक्षलाई अनुरोध गरे।