चोरीका ढुंगा प्रकरण : जिल्ला आपूर्ति समितिले माग्यो ठेकेदारसँग प्रमाणित कागजात

स्टक प्रमाणित गर्न पालिकाहरुलाई निर्देशन दिने

शनिबार, ३० कार्तिक, २०८२
डिजिटल संस्करण

नवलपुरको कावासोती ३ मा निर्माणाधिन नमुना सदरमुकाममा भौतिक संरचना निर्माणका क्रममा अवैध रुपमा चोरी गरिएका ढुंगा प्रयोग गरेको समाचारपछि जिल्ला अनुमगन समितिले अनुसन्धान सुरु गरेको छ । जिल्ला अनुगमन समितिको जिल्ला समन्वय समितिको वैठकले अनुसन्धानलाई आधिकारिक रुपमा अगाडि बढाएको हो ।

जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्मा, नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डे, कावासोती नगरपालिकाका नगरप्रमुख विष्णु भुसाल लगायतको सहभागितामा जिल्ला अनुगमन समितिको वैठक बसेको थियो ।बैठकले ढुंगा आपूर्तिको जिम्मा लिएका स्थानीय व्यापारी हेमुशंकर देवकोटाका सहकर्मी तथा कर्मचारीसँग पनि छलफल गरेको बुझिएको छ ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले छलफलको क्रममा हेमुशंकर देवकोटाका पक्षधरहरुले आफूले विभिन्न पाँच् वटा क्रसर उद्योेगबाट खरिद गरेको बिल पेस गरेको जानकारी दिए । देवकोटाका पक्षधरले हुप्सेकोट, कावासोती र मध्यविन्दुका ५ वटा क्रसर उद्योगबाट ढुंगा खरिद गरेको बिल पेस गरेका छन्।प्रमुख जिल्ला अधिकारी उनले साढे १३ हजार घनमिटर ढुंगा नमुना सदरमुकाम स्थलमा विक्री गरेको दाबी पनि गरेका छन् । उनले आफ्नो क्रसरबाट उक्त परिणामको ढुंगा स्टक प्रमाणित गर्न नसक्ने भएपछि उनले अनेत्र क्रसर उद्योगको साहारा लिएका हुन् ।

जिल्ला समन्वय समिति नवलपुरका समन्वय अधिकारी जितेन्द्र केसीका अनुसार वैठकमा उसले पेश गरे अनुसारको बिल अनुसार अन्य क्रसर उद्योगहरुले उक्त परिणाममा ढुंगा लगेको हो वा होइन भनेर प्रमाणित गर्न र अनुसन्धानमा सघाउन सम्बन्धित पालिकालाई पत्राचार गर्ने निर्णय भएको पनि बताए । निर्माण कम्पनीको तर्फबाट रोज डेभलपर्स, समिल सप्लार्यस, हेजल सप्लार्यस प्रालि, दयाश्री कन्स्ट्रक्सन प्रालि. र बैराठे सप्लार्य प्रालिगरी पाँच वटा कम्पनीको भ्याट बिल पेश गरेका छन्।

जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विकले उनले बिल पेश गरे अनुसार ढुंगा नमुना सदरमुकाममा भए/ नभएको अनुगमन र प्राविधिक जाँच गर्न कावासोती नगरपालिकाको प्राविधिक टोलीलाई निर्देशन दिने बताए। ढुंगा आपूर्ति गरेको हेमुशंकर देवकोटाले पनि आफूले कुनै पनि चोरी गरेको ढुंगा विक्री नगरेको दावी गरेका छन्। नमुना सदरमुकाममा चोरीका ढुंगा प्रयोग भएको समाचार आएपछि उनले पाँच वटा क्रसर उद्योगबाट भ्याट बिल संकलन गरेर बुझाएको स्रोतले जनाएको छ । पत्रपत्रिकामा समाचार आउन थालेपछि मात्र उनले भ्याट बिल संकलन गर्न सुरु गरेका थिए ।नुमना सदरमुकाम निर्माण स्थलमा अर्बौको ढुंगा थुपारिएको छ । जसमा करोडौंको राजश्व छलि भएको पाइएको छ ।

नवलपुर जिल्लामा गत बर्ष खोलामा गिटी बालुवाको ठेक्का खुल्दासम्म नमुना सदरमुकाममा नदेखिएको यत्रा ढुंगा, खोला ठेक्का बन्द भएपछि रातारात थुप्रिएका हुन्। नमुना सदरमुकाम निर्माण स्थलमा गाउँबाट हेर्दा देखिने स्थानमा बारबेर गरेर काम गरिएको भए पनि ढुंगा ल्याउने स्थानमा भने चोरी गरेर थुपार्न मिल्ने गरी खुल्ला राखिएको छ ।

यो ढुंगा कावासोतीको केरुङ्गे खोला, पत्थर खोला, हुप्सेकोट र मध्यविन्दुको  गिरुवारी खोला, मध्यविन्दु अरुणखोला लगायतका खोलाहरुबाट चोरी गरी ल्याएको खुलेको छ ।

कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेष पाण्डेले आफूहरुले यस विषयमा नगरपालिकाले पनि अध्ययन गरिरहेको र आइतबार ठेकेदार कम्पनी समानन्तर–बुद्व हिमाली जे.भि. पुरानो वानेश्वर काठमाडौंलाई पत्र काट्ने तयारी भइरहेको बताए ।

सुझावित समाचार