नेप्से सामान्य बढ्यो

मंगलबार, २५ कार्तिक, २०८२
डिजिटल संस्करण

नेप्से आज सामान्य बढेको छ । मंगलबार नेप्से ३.२१ अंकले बढेर २५६५. १६ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२७ कम्पनीका ७९ लाख ४७ हजार ५८ कित्ता सेयर तीन अर्ब ६२ करोड ५१ लाख ७५ हजार ११० मा कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, होटेल्स, लगानी, माइक्रोफाइनान्स र ट्रेडिङ क्षेत्रबाहेक सबै क्षेत्रको सेयर मूल्य बढेको छ ।

आज शाइन रेसुंगा डिभन्चेर, बन्दीपुर केबलकारको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सागर डिस्टिलरी र माबिलुंग इनर्जीको सेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै बुंगल हाइड्रोको सेयर ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै, आज एसबिआई बैंक डिभेन्चरको सेयरमा ९.३९ प्रतिशतले घटेको छ ।

त्यस्तै, आज सबैभन्दा बढी साहस ऊर्जाको ३५ करोड ५८ लाख कारोबार भएको छ भने राढ़ी विद्युतको ३२ करोड ३२ लाखबराबर कारोबार भएको छ ।

सुझावित समाचार