निर्वाचन सफल बनाउन सञ्चारमाध्यमले प्रभावकारी ढंगले काम गर्नुपर्छ : राष्ट्रपति पौडेल

आइतबार, २४ कार्तिक, २०८२
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ का लागि तोकिएको निर्वाचनलाई सफल बनाउन सञ्चारमाध्यमहरूले अझ प्रभावकारी ढंगले काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

आइतबार सार्वजनिक सेवा प्रसारण तथा एनटिभी वर्ल्डको औपचारिक शुभारम्भ समारोहमा बोल्दै उनले सो कुरा बताए । राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधान र लोकतन्त्रलाई अझ उन्नत र सुदृढ बनाउन सो निर्वाचन घोषणा गरिएको उल्लेख गरे ।

निर्वाचनलाई सफल बनाउन सञ्चारमाध्यमहरू अझ बढी क्रियाशील हुनुपर्ने स्पष्ट पारे । उनले सरकारी सञ्चारमाध्यमहरूले लोकतन्त्रको सुदृढीकरणमा बढी जोड दिनुपर्नेसमेत बताए । राष्ट्रपति पौडेलले नेपालको संस्कृति, वेशभूषा, भौगोलिक विविधता, प्राकृतिक सौन्दर्यता, पर्यटन, धार्मिक तथा सांस्कृतिक धरोहरहरू र नवीन सोच तथा उपलब्धिहरूलाई विश्वसमक्ष चिनाउन एनटिभी वर्ल्ड च्यानलले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गरे ।

सुझावित समाचार