वीरगन्जको नारायणी अस्पतालको फार्मेसीमा औषधि खरिद गर्न पुगेका सेवाग्राहीहरूले पर्याप्त औषधि नपाएको गुनासो गरेका छन्। स्वास्थ्य बिमा कार्यक्रममार्फत अस्पतालको फार्मेसीमा औषधि खरिद गर्न पुगेका सेवाग्राहीले आवश्यकताअनुसारको औषधि नपाएको गुनासो गरेका हुन्। अस्पतालको फार्मेसीमा सेवाग्राहीहरूले पर्याप्त औषधि नपाएपछि बाहिरको फार्मेसीमा औषधि खरिद गर्नुपर्ने बाध्यता छ।
अस्पतालको परिसरमा रहेको फार्मेसीमा उपलब्ध रहेको औषधि पनि सेवाग्राहीले नपाउने अधिकांश सेवाग्राहीले गुनासो गरेका थिए। नारायणी अस्पतालमा चेकजाँच गराएर अस्पतालको फार्मेसीमा औषधि लिन पुग्दा पुर्जीमा लेखिएअनुसारको औषधि नपाएको वीरगन्ज १७ का ६४ वर्षीया शिला श्रीवास्तवले बताइन्।
उनका अनुसार अस्पतालमा स्वास्थ्य बिमा गराएकाहरूले फार्मेसीमा नियमित रूपमा औषधि खरिद गर्न जाँदा पर्याप्त औषधि नपाएको अवस्था छ। उनले नारायणी अस्पतालका चिकित्सकले सुगरको एकवटा मात्र औषधि लेख्दा पनि नपाएको बताइन्। स्वास्थ्य बिमा हुदाँहुँदै पनि बाहिरको फार्मेसीमा औषधि खरिद गर्नुपर्ने बाध्यता रहेको सेवाग्राही श्रीवास्तवले दुःखेसो गरिन्।
श्रीवास्त जस्तै वीरगन्ज कै ६६ वर्षीय शिवमोहन प्रसादले पनि चिकित्सकले लेखे अनुसारको औषधि नपाएको गुनासो गरे। पटकपटक नारायणी अस्पतालको फार्मेसीमा औषधि लिन आएको भए पनि एकवटा पनि औषधिमा त्यो पनि नपाएको बताए। उनका अनुसार श्रीमान–श्रीमती नै स्वास्थ्य बिमा कार्यक्रममार्फत गराएर आवश्यक औषधि नारायणी अस्पतालमा लिन पुग्दा पर्याप्त औषधि नपाउने गरेको उनको भनाइ छ।
नारायणी अस्पतालमा औषधि लिन पुग्दा चारप्रकारको औषधिमध्ये दुईवटा मात्र पाउने गरेको अर्की सेवाग्राही ७१ वर्षीया दीपराजी देवीले गुनासो गरिन्।