काठमाडाैं महानगरले माग्यो करारमा कर्मचारी

बिहिबार, २० कार्तिक, २०८२
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानगरले आज एक सूचना जारी गर्दै बागमती सरकारबाट जारी स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ र काठमाडौं महानगरपालिका सेवा करारमा कर्मचारी पदपूर्ति गर्नेसम्बन्धी कार्यविधि, २०७९ बमोजिम आवेदन पेस गर्न आह्वान गरिएको हो ।

नगर प्रहरी जवान, हलुका सवारीचालक र कार्यालय सहयोगीका लागि आवेदन आह्वान गरिएको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन्।

सुझावित समाचार