टिपर दुर्घटनामा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

बुधबार, १९ कार्तिक, २०८२
डिजिटल संस्करण

काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका– ६ स्थित कोदारीभिरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार बुधबार बिहान बा.५ख ४०७२ नम्बरको टिपर सडकबाट करिब ६० मिटर तल खसी टिपरमा आगलागी हुँदा चालक मण्डनदेउपुर नगरपालिका– ७,  झगारपुरका करिब २८ वर्षीय किसिम राईको मृत्यु भएको हो । राई स्टेयरिङमुनि हात र टाउको झ्यालबाट देखिएको अवस्थामा भेटिएका हुन् । 

दुर्घटनामा सहचालक मण्डनदेउपुर नगरपालिका– ७ का २२ वर्षीय विक्रम राई घाइते भएका छन् । उनको  शरीरको विभिन्न भाग जलेको छ।  घाइते सहचालक राईको धुलिखेल अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारको लागि कीर्तिपुर बर्न अस्पताल रिफर भएको प्रहरीको भनाइ छ । टिपर भिरमा अड्किएको अवस्थामा रहेको प्रहरीले जानकारी दिएकाे छ । 
 

सुझावित समाचार