कैलालीमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । गोदावरी नगरपालिका– २ की ८० वर्षीया दिलमाया श्रीसको मृत्यु भएको प्रहरीले जनाएको छ । दीपायलबाट धनगढीतर्फ आइरहेको ना.५ख ५२५ नम्बरको बसले गोदावरी नगरपालिका– २, तेघरीस्थित नेपाली सेनाको ब्यारेकअगाडि आज बिहान ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
दुर्घटना भएको बसका चालक टेकराज भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।