जिल्ला प्रहरी कार्यालय सुर्खेतले जेन–जी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीलाई लागुऔषधसहित पक्राउ गरेको छ।
लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा गत शुक्रबार वीरेन्द्रनगर नगरपालिका– ७ बस्ने नरेन्द्र ठाडालाई शंकास्पद अवस्थामा फेला पारी शरीर तथा घर खानतलासी गर्दा उनको साथबाट ५३० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरको प्रहरीले जनाएको छ।
जगन्नाथदेवल कारागार काठमाडौंमा लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका उनी भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा फरार भएका थिए।
त्यस्तै, वीरेन्द्रनगर– ८ का ललिता तामाङ, वडा नंं. ११ का विशाल ठाडा मगर, वडा नं. १२ का राजु सुनार र वडा नं. ७ का रमेश सुनारलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।