तीन दिनदेखि अबरुद्ध बिपी राजमार्ग सूचारु

आइतबार, १७ कार्तिक, २०८२
डिजिटल संस्करण
तीन दिनदेखि अबरुद्ध बिपी राजमार्ग सूचारु

तस्बिर : निर्मल कुमार श्रेष्ठ

बिहिबार विहानदेखि अबरुद्ध भएको सडक तीन दिनपछि सूचारु भएको छ । बुधबार बेलुकीदेखि परेको अविरल बर्षाका कारण लेदो सहितको पहिरो र सुख्खा पहिरोको कारण अवरुद्ध राजमार्ग आज आईतबार दिउसोबाट सुचारु भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक रबिन बिष्टका अनुसार सुख्खा पहिरो पन्छाएर राजमार्ग सूचारु भएको छ ।

बुधबारदेखि परेको अविरल बर्षाको कारण राजमार्गको विभिन्न स्थानमा लेदोसहितको पहिरोले राजमार्ग अबरुद्ध भएको थियो । सबै स्थानको लेदोसहितको पहिरो पन्छाएपनि रोशी गाउँपालिका वडा नं. ८ चारसयबेशीको सुख्खा पहिरोले सडक खुल्न सकेको थिएन् । उक्त पहिरो पनि आईतबार बिहान हेभी इक्वीपमेन्ट प्रयोग गरेर पन्छाएपछि दिउसोबाट सुचारु भएको हो । अविरल बर्षाका कारण बिपी राजमार्ग अन्तर्गत चौकीडाँडा, डालाबेशी, नार्के, चार सय बेशी र घुमाउने लगायतको स्थानहरूमा ढुङ्गा खस्ने लेदो सहितको पहिरो खसी सडक पूर्ण रुपमा अवरोध भएको थियो । 

गतबर्षको असोज १०,११ र १२ गतेको बर्षाले बिपी राजमार्गको बिभिन्न स्थानमा सडक बगाएको थियो । बगाएको स्थानमा डाईभर्सन निर्माण पश्चात यातायात सुचारु गरेको थियो । उक्त डाईभर्सन पनिअसोज १८ र १९ गते परेको अविरल वर्षाकाकारण रोशी खोलामाआएको बाढीले क्षति पु–याएको थियो ।

रोशी खोलाको बाढीले काभ्रेतर्फ १३ स्थानमा र सिन्धुलीतर्फ तीन स्थानमा गतवर्ष बनेको अस्थायी डाइभर्सन बगाएको थियो । बिपी राजमार्गको विभिन्न स्थानमा गरी करिब ३.५ किलोमिटर सडक बगाएको थियो । तर यो पटकको बर्षातपछिको बाढीले सडक बगाएको भने छैन् ।
 

सुझावित समाचार