नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ। एकीकृत समाजवादीको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले एकताको निर्णय गरेको हो।
अध्यक्ष माधव नेपालको एकतासम्बन्धी प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गरेको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए। सो निर्णयमाथि सम्मानित नेता झलनाथ खनालले भने फरक मत राखेका ज्वालाले बताए।