काठमाडौं महानगरपालिकाले फोहाेरमैला घरमै राख्न आग्रह गरेको छ । काठमाडौं उपत्यकाको फोहाेरमैला विसर्जनस्थल बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहाेर विसर्जनमा अवरोध भएकोले फोहाेर घरमै सुरक्षित तवरले राख्न आग्रह गरेको हो ।
महानगले आज एक सूचना जारी गर्दै स्थानीयको अवरोधपछि फोहाेर विसर्जन गर्न नसकिएकाले अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्कासन हुने फोहाेरमैला घर–कम्पाउन्डमा सुरक्षित तवरले राख्न वातावरण व्यवस्थापन विभागले भनेको छ ।
फोहोर जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्नसमेत अनुरोध गरेको छ । बन्चरेडाँडाका स्थानीयहरूले विभिन्न माग राख्दै फोहोर बोकेको गाडी बिचबाटोमै रोकेका छन् ।
जसको कारण उपत्यकामा फोहोरको समस्या फेरि बल्झिएको छ । स्थानीयले मन्त्री र मेयर बालेन साहले आएर स्थानीयसँग वार्ता गर्नुपर्ने माग राखेका छन् ।
